१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लुम्बिनी प्रदेशकी सांसद बिमला वली सम्पर्कबाहिर  

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) सम्पर्कबाहिर रहेको माओवादी केन्द्रले दाबी गरेको छ । वली बिहीबार साँझदेखि सम्पर्कमा नरहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए । ‘हामीले निरन्तर फोन गरेका छौं । उहाँले चलाउने एउटा मोबाइल अफ छ । एउटामा घण्टी जान्छ तर उठ्दैन,’ घर्तीमगरले भने । 

लुम्बिनी प्रदेशकी सांसद बिमला वली सम्पर्कबाहिर  

परिवारले उनी तुलसीपुरबाट आफन्तकहाँ नेपालगन्ज गएको बताएको छ । तर, उनको मोबाइलको लोकेसन भने रुपन्देहीको बुटवलस्थित नयागाउँ आसपासमा देखिएको सचेतक घर्तीले बताए ।

उनी दाङ ३ (ख) की सांसद हुन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उनी उपनिर्वाचनमार्फत चुनिएकी हुन् । तत्कालीन नेकपाबाट जितेकी उनले पाटी विभाजनपछि भने माओवादी केन्द्र रोजेकी थिइन् । यद्यपि एमालेले सूर्य चिन्हबाट लडेको सांसद भन्दै उनलाई सत्तापक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो । माओवादी केन्द्रले एमालेले उनलाई आफ्नो कब्जामा लिएको आरोप लगाएको छ ।

माओवादी केन्द्रले शनिबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । वली उक्त बैठकमा नआए खोजबिनका लागि प्रहरीमा उजुरी गर्ने सचेतक घर्तीमगरले बताए ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने वलीका बारेमा कुनै जानकारी नभएको बताए । लुम्बिनीमा सत्तापक्ष सरकार जोगाउन र विपक्ष सत्ता गिराउन लागिरहँदा सांसद खरिदबिक्री, राजिनामा र ‘सम्पर्कविहीन’ हुनेक्रम बढेको छ । यसअघि जसपा सांसद पुर्मती ढेंगा मगर सम्पर्कविहीन भएकी थिइन् । पाटीमा उपेन्द्र यादवले आधिकारिकता पाएपछि भने उनी सम्पर्कमा आएकी छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १६, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?