कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बोक्सीको आरोप लगाइ कुटपिट गर्ने पक्राउ

काशीराम डाँगी

रोल्पा — महिलामाथि बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई रोल्पामा प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम लिबाङमा धामीले बोक्सीको आरोप लगाइ दुर्व्यवहार गरेको सूचना पाएपछि उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोक्सीको आरोप लागेकी एक महिलाले धामी र उनलाई साथ दिने दुई युवतीविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

पक्राउ पर्नेहरुमा आफूलाई धामी बताउने सुनिलस्मृति गाउँपालिका–६ का २६ वर्षीय राहुल सुनार हुन् । यस्तै, उनलाई साथ दिइ महिलामाथि दुर्व्यवहार गरेका स्थानीय दुई महिलाहरु रोल्पा नगरपालिका–४ बाइगाउँका ४५ वर्षीया जुनकुमारी सेन र २२ वर्षीया सीता सेनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनारसहित दुई महिलाले बोक्सीको आरोपमा लिबाङमै डेरा लिइ बसेकी पीडित महिलामाथि कुटपिट गरेका थिए । उक्त घटना गत साउन ६ गते बेलुकीको हो ।

रोल्पा नगरपालिका–१० धबाङ घर भइ लिबाङमा डेरा गरी बस्ने २६ वर्षीया पीडित महिलाले बोक्सीको आरोप लगाएको भन्दै साउन ११ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाका अनुसार धामीले बोक्सी भएको आरोप लगाउँदै ६ बजे कोठामा प्रवेश गरी अन्धाधुन्ध कुटपिट गरेका थिए । पीडित महिलाले धामी भनिएका राहुलले फोनबाट समेत धम्की दिएको आरोप लगाएकी छन् ।

प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गर्न रोल्पा जिल्ला अदालतबाट म्याद थप गराइएको जनाएको छ । प्रनाउ सुवेदीले बोक्सी आरोप सम्बन्धी बनेको विशेष ऐन अनुसार कारबाही अघि बढाइने बताए ।

प्रकाशित : श्रावण १४, २०७८ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?