कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ७ घाइते

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।

शान्तिपुरबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप दोभानमा दुर्घटना हुँदा गुल्मी चन्द्रकोट गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय तेजेन्द्र थापा, सोही गाउँपालिका–५ का काजी भन्ने रेशम कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । कार्कीको उमेर खुलेको छैन । मृतक अर्की एक महिलाको सनाखत हुन बाँकी रहेको उनले बताए ।

दुर्घटनामा ७ जना घाइते छन् । एक जनाको अवस्था गम्भीर छ । सबैको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । जिप सडकदेखि करिब ५ सय मिटर तल खसेको छ । वर्षाले बाटो बिग्रिएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । जिप चालक पनि घाइते छन् ।

प्रकाशित : श्रावण १३, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?