१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

मंगलबार मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्रीले छिटै प्रदेशसभाबाट विश्वासको मत लिने बताए । ‘विपक्षी गठबन्धनले वैधानिकताबारे धेरै प्रश्न उठाउनुभयो । त्यसैले अब छिट्टै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ,’ उनले भने, ‘हामी छिटै विश्वासको मत लिन्छौं । मत पाए सरकार चलाउछौं । नत्र छोडिदिन्छौं ।’

प्रवक्ता चौधरीले जनता समाजवादी पाटीको विवादमा आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपनि त्यसले लुम्बिनी प्रदेशमा तत्काल फरक नपार्ने बताए । संघीयतामा प्रदेशले फरक संरचना पनि बनाउन सक्ने भएकाले जसपा केन्द्रीय संरचना वा प्रदेश प्रमुख फेरबदलले सरकारलाई खासै असर नगर्ने उनले जनाए ।

वैशाख १९ मा सरकार गठनका बेला लुम्बिनी प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका मात्र ४१ सांसद देखाएर मुख्यमन्त्रीमा शंकर पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार शपथ लिएका थिए । सरकार गठनपछि अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्यको समर्थनमा सरकार टिकेको छ । विपक्षी गठबन्दनमा पनि ४१ सदस्य नै छन् ।

प्रकाशित : श्रावण १२, २०७८ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?