कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सडक निर्माणका क्रममा खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एकको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उमहानगरपालिका–७ पर्सेनीमा रा ६ प ७२५ नम्बरको मोटरसाइकल पल्टिँदा तुलसीपुर–१० राइखलियानका ३५ वर्षीय चुडामणि भण्डारीको मृत्यु भएको छ । घोराही–तुलसीपुर चार लेन सडक निर्माणका क्रममा खनिएको खाल्डोमा मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

घोराही–तुलसीपुर चार लेन सडक निर्माण कार्य अलपत्र हुँदा यात्रा जोखिमपूर्ण भएको छ । सडक किनार भत्काएको र बीचबीचमा ह्युमपाइप हाल्ने खाल्डाहरु खनिदा यातायातका साधन सञ्चालनमा निकै कठिन हुने गरेको छ ।


प्रकाशित : श्रावण १२, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?