कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मन्दिर दर्शनका लागि जाँदै गरेकी महिलाको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि जाँदै गरेकी महिलाको मृत्यु भएको छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१ धम्बोझी घर भएकी ४० वर्षीया निलम जैसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुधन न्यौपानेले बताए ।

‘मन्दिर दर्शनका लागि जाँदै गर्दा उहाँ बाटोमा हिँड्दै गर्दा बेहोस हुनुभएको थियो,’ उनले भने, ‘प्रहरीले त्यहाँबाट उद्धार गरेर भेरी अस्पताल ल्याएपनि चिकित्सकले मृत घोषणा गर्नुभएको हो ।’

सन्तानेश्वर महादेव मन्दिर नजिकै रहेको कुटीमा उनी बेहोस भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ । मन्दिर नजिकै रहेको कुटीमा पुग्दा बेहोस भएपछि स्ट्रेचरमा राखेर उनलाई तल एम्बुलेन्ससम्म ल्याइएको थियो ।

शनिबार चर्को घाम लागेकाले समेत मन्दिर दर्शनका कारण गएका मानिसहरुलाई समस्या भएको थियो ।

प्रकाशित : श्रावण १०, २०७८ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?