३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बाँकेमा ब्राउन सुगरसहित तीन पक्राउ 

रूपा गहतराज

नेपालगन्ज — बाँके प्रहरीले ठूलो परिमाणमा खैरो हिरोइन ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । 

ब्राउन सुगरको कारोबर भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोसहित जिल्ला प्रहरी बाँके र वडा प्रहरी नेपालगन्जको संयुक्त टोलीले छापामारी नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित दिब्या खड्काको घरमा भाडामा बस्दै आएका भारतीय नागरिक दुई जना र नेपालगन्जका स्थानीय एक जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४३ ग्राम १५० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

लखनउ भारतका मुस्ककिम खाको कोठामा बसिरहेका बहराईच भारतकै सलमान खानले अण्डरवियरभित्र लुकाइराखेको ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सलमानसँग दिल्ली क्राइम राष्ट्रिय पत्रिकाको परिचयपत्र रहेको प्रहरीले जनाएको छ । पत्रकारको भेषमा उनले नाकामा सहजै आवतजावत गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले मुस्ककिम खानले प्रयोग गर्दै आएको कोठाबाट मुस्तकिमसहित ब्राउन सुगर बोक्ने सलमान र नेपालगन्ज ११ का आजाद खानलाई पक्राउ गरेको हो ।

मुस्तकिम नेपालगन्जमा सुन पसलमा काम गर्छन् । पत्रकार र सुन पसलमा काम गर्ने देखिए पनि उनीहरु लागूऔषध कारोबारी भएको खुलेको छ ।

उनीहरुको कोठाबाट ब्राउन सुगर तौलिने डिजिटल तराजुसमेत बरामद भएको छ। सलमान र मुस्तविमले भारतमा प्रतिग्राम एक हजार पाँच सयमा खरिद गरेर नेपालगन्जमा तीनदेखि चार हजारसम्ममा बिक्री गर्ने गरेको खुलेको छ । पक्राउ परेकाहरुलाई लागूऔषध कोरोबार विरुद्धको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित : श्रावण ९, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?