बाँकेमा डुबेर तीन युवाको मृत्यु - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा डुबेर तीन युवाको मृत्यु 

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा डुबेर तीन युवाको मृत्यु भएको छ । बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा शाखाका इन्चार्ज होमप्रसाद चौधरीका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका –११, सदरलाइनका १८ वर्षीय रसिद जसगढ, १७ वर्षीय अरमान जसगढ र १८ वर्षीय आरिस जसगढ रहेका छन् । उनीहरुलाई कोहलपुर प्रहरीको टोलीले मृत अवस्थामा फेला परेको चौधरीले बताए ।

प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याएर तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको जनाएको छ ।

प्रकाशित : श्रावण ६, २०७८ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्

संसदीय दलका नेता देउवालाई सांसद सिंहले बुझाए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसबाट निर्वाचित सांसद् अमरेशकुमार सिंहले राजीनामा दिएका छन् । पार्टीभित्रको विवादलाई लिएर  सिंहले बुधबार सांसद पदबाट राजीनामा दिएका हुन् ।

उनले सभामुखलाई बुझाउनुपर्ने राजीनामा पत्र प्रधानमन्त्रीसमेत रहेका देउवालाई बुझाएका छन् ।

पार्टीको प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति सांसद सिंहले असन्तुष्टि जनाएका हुन् ।

सिंह सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन् ।

प्रकाशित : श्रावण ६, २०७८ १९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×