कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते 

माधव अर्याल

पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान माराबास भित्री सडकमा आइतबार भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते 

दोभानबाट सिस्नेरीतर्फ गएको लु २ त २५३ नम्बरको ट्र्याक्टर दुर्घटनामा तिनाउ गाउँपालिका–३ का ३६ वर्षीय दुर्गाबहादुर गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तिनाउ–२, दोभानका ४२ वर्षीय एकबहादुर थापा घाइते भएका छन् ।

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट १५ मिटर तल खसेको छ । स्थानीयका अनुसार अनियन्त्रित भई दुर्घटना भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २७, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?