कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रेडपान्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

रूपा गहतराज

नेपालगन्ज — बाँके प्रहरीले रेडपान्डाको छाला र भालुको पित्तसहित ३ जनालाई पक्राउ गरेको छ । लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नेपालगन्ज–१ पुष्पलाल चोकबाट पक्राउ गरेको हो ।

पुष्पलाल चोकमा राप्ती गेस्ट हाउसको कोठा नम्बर १० मा संरक्षित वन्यजन्तुको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दाङको घोराही उपमहानगरपालिका–४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका–१ का २१ वर्षीय रोबिन बुढा पक्राउ परेका हुन् ।

शनिबार राति पौने ९ बजेको समयमा पक्राउ परेका उनीहरुको साथबाट संरक्षित जनावर रेडपन्डाको छाला १ थान, भालुको पित्तजस्तो देखिने बस्तु ४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रहरी नियन्त्रणमा रहेका ३ जनामाथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना वा ५देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने प्रावधान छ । प्रहरीले बरामद सामानसहित तीनै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय बाँकेमा पठाएको छ ।

प्रकाशित : असार २७, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?