कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

राप्ती पुलमा यातायात बन्द

दुर्गालाल केसी

दाङ — बाढीले एप्रोच सडक भत्काएपछि राप्ती गाउँपालिका ७ छोड्की सिसहनिया र गढवा गाउँपालिका ६ महदेवा जोड्ने राप्ती पुलमा यातायात बन्द भएको छ ।

राप्ती पुलमा यातायात बन्द

पुल छेउको सडक भत्किएपछि मर्मतका लागि बिहीबारदेखि एक साता यातायात बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । लगातारको वर्षाले बाढी आएपछि मंगलबार एप्रोच सडक भत्किएको थियो ।

नेपालगन्जस्थित पुल डिभिजन कार्यालयले सडक मर्मतको काम गरिरहेको उनले जानकारी दिए । ८ सय ६० मिटर लामो र १० मिटर चौडा पुलको गत माघ १३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

१६ स्पान र १७ पिलर रहेको पुल ९४ करोड लगानीमा निर्माण भएको थियो । यो देशकै दोस्रो लामो मोटर गुड्ने पुल दाबी गरिएको छ । सबैभन्दा लामो पुलका रुपमा बर्दियाको कोठियाघाटस्थित कर्णाली नदी माथिको गेरुवा पुललाई लिइएको छ । उक्त पुल १ हजार १५ मिटर लामो छ ।

प्रकाशित : असार २४, २०७८ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?