घोराहीमा घर भत्किँदा ३ महिने शिशुको मृत्यु

दुर्गालाल केसी

दाङ — लगातारको वर्षाले घोराहीमा घर भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ । उनकी आमा र दिदी घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका १७ क्वाडीमा बिहीबार बिहान ३ बजेतिर घरको गारो भत्किँदा मनीषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले बताए।

मनीषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते भएका छन् । घाइते आमा छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीमा उपचार भइरहेको छ ।

प्रकाशित : असार २४, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?