बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

कमल पन्थी

बर्दिया — बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जगंलमा दाउरा बटुल्न गएका मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सम्झना सामुदायिक वनमा भेटिएको हो ।

नेपाल–भारत सीमाको अन्तर्राष्ट्रिय जैविक मार्गको सीमा स्तम्भ नम्बर ८३/८४ को दसगजानजिक खत्रीलाई बाघले आक्रमण गरेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताए । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा खत्रीको शव सोमबार दिउँसो ११ बजे शव फेला परेको मगरले जनाए ।

खत्रीको कम्मरदेखि माथिल्लो भागसम्मका शरीरको भाग बाघले खाएको खाता जैविक मार्ग अन्तर्गत रेन्जपोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए । गत साउनयता यस ठाउँमा बाघले ७ जनाको ज्यान लिइसकेको छ ।

स्थानीय प्रशासनले यस क्षेत्रमा घाँस, दाउरा, चरिचरण, सागपात टिप्न नजान आग्रह गर्दै आएको छ । लुकिछिपी वन क्षेत्रमा प्रवेश गर्दा बाघले आक्रमण गर्ने क्रम रोकिएको छैन । गत साउनयता बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको छ ।

प्रकाशित : असार २१, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?