२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

आफ्नो राजीनामाबारे शर्माद्वारा संसद्मा जानकारी

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेशसभालाई सरकारबाट राजीनामा दिएको जानकारी गराएकी छन् ।

आफ्नो राजीनामाबारे शर्माद्वारा संसद्मा जानकारी

प्रदेश सभा सचिवालयलाई आइतबार पत्र पठाउँदै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी गराएकी हुन् ।

आफू दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरिसकेको उनले सचिवालयलाई लेखेको पत्रमा उल्लेख गरेकी छन् ।

अब जनता समाजवादी पार्टीको मूलधारमा रही पार्टी संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने र पोखरेल नेतृत्वको सरकारलाई कुनै किसिमको समर्थन नरहेको उनले बताइन् । रायमाझीले शुक्रबार राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

प्रकाशित : असार २०, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?