कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा — बुधबार राति गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, तल्लो र माथिल्लो सिद्धबाबाको बीचमा ढुंगासहितको ठूलो पहिरो खसेको छ ।

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

रातिको समयमा पहिरो पन्छाउन नसकिएको र बिहीबार बिहानैदेखि दुई वटा एक्स्काभेटर लगाएर खुलाउने प्रयास भइरहेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सोमबहादुर सारुले जानकारी दिए ।

राजमार्गको अन्य स्थानमा पनि सानाठूला पहिरो खसेको छ । अन्यत्रको पहिरो भने हटाइसकेको छ । ठूला–ठूला ढुंगा खसेकाले राजमार्ग खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । अपरान्हसम्म एकतर्फी खुलाउने प्रयास जारी रहेको सडक डिभिजनले जनाएको छ ।

राजमार्ग बन्द भएपछि बिहानैदेखि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन अवरुद्ध भएका छन् । खाद्यान्न बोकेकाका साथै निजी सवारी साधन सडकमै रोकिएका छन् ।

प्रकाशित : असार १७, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?