सल्यानबाट नेपालगन्ज जाँदै गरेको बस शिरखोलामा खस्यो, १२ घाइते

दुर्गालाल केसी

दाङ — दाङमा मंगलबार बेलुका बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सल्यानबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २४३९ नम्बरको बस तुलसीपुर उपमहागनरपालिका ३ शिरखोलामा पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

सल्यानबाट नेपालगन्ज जाँदै गरेको बस शिरखोलामा खस्यो, १२ घाइते

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले बताए ।

घाइतेहरु सबैको अवस्था सामान्य रहेको उनले बताए ।

सडक चिप्लो र घुमाउरो भएका कारण बस चिप्लेर सडकबाट करिब ५० मिटर तल खसेको उनले जानकारी दिए ।


प्रकाशित : असार १५, २०७८ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?