कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रीमती र छोराको कुटाइबाट मृत्यु

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका—४ बादरभरियाका ३८ वर्षीय लक्षीराम थारुको श्रीमती र छोराको कुटाइबाट मृत्यु भएको छ । प्रहरीले हत्याको आरोपमा दुवैलाई पक्राउ गरेको छ ।

३६ वर्षीया सीता र उनका १८ वर्षीय छोरा आकाशलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक राजन गौतमले जनाए । लक्षीराम दिनहु मदिरा सेवन गर्ने र घरझगडाका कारण कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा छोराको कुटाइबाट बेहोस भएका थारुको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोपित आमा र छोराले घरमा लडेर मृत्यु भएको बयान प्रहरीलाई दिएको इन्सपेक्टर गौतमले बताए । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतबाट ५/५ दिनको म्याद थप गरिएको उनले बताए ।

प्रकाशित : असार १५, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?