श्रीमती र छोराको कुटाइबाट मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

श्रीमती र छोराको कुटाइबाट मृत्यु

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका—४ बादरभरियाका ३८ वर्षीय लक्षीराम थारुको श्रीमती र छोराको कुटाइबाट मृत्यु भएको छ । प्रहरीले हत्याको आरोपमा दुवैलाई पक्राउ गरेको छ ।

३६ वर्षीया सीता र उनका १८ वर्षीय छोरा आकाशलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक राजन गौतमले जनाए । लक्षीराम दिनहु मदिरा सेवन गर्ने र घरझगडाका कारण कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा छोराको कुटाइबाट बेहोस भएका थारुको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोपित आमा र छोराले घरमा लडेर मृत्यु भएको बयान प्रहरीलाई दिएको इन्सपेक्टर गौतमले बताए । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतबाट ५/५ दिनको म्याद थप गरिएको उनले बताए ।

प्रकाशित : असार १५, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्

एमफिल र पीएचडी नि:शुल्कको मागसहित विद्यार्थीद्वारा प्रदर्शन

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय विद्यार्थी संघर्ष समितिले एक हप्तादेखि संघर्षका कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैबीच उनीहरुले मंगलबार कार्यालयमा उपकुलपतिलाई भेटेर तीन बुँदे माग र दुई दिनको समसीमा बुझाएका छन् । ‘दुई दिनभित्रमा पनि हाम्रो मागलाई बेवास्ता गरेको खण्डमा हामी संघर्षका थप कडा कदम चाल्न बाध्य हुनेछौँ,’ संघर्ष समितिका एक विद्यार्थी संघर्ष दाहालले बताए । उनीहरुका मागहरुमा एमफिल–पीएचडीलाई त्रिविले आफ्नो दायित्त्व बहन गर्दै नियमित कार्यक्रमको रुपमा अपनाउँदै अघि बढाउन, एमफिल–पीएचडीस्तरको ज्ञान उत्पादन गर्ने शिक्षालाई अनुसन्धानात्मक बनाउन राज्यले लगानी गरी निःशुल्क अध्ययनको वातावरण निर्माण गरिनुपर्ने लगायतका कुराहरु समेटिएको छ ।


प्रकाशित : असार १५, २०७८ १९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×