३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बर्दियाबाट पाटे बाघ नियन्त्रणमा

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्कको पोथी पाटे बाघलाई गेरुवा गाउँपालिका—४ शान्तिपुर ढुकनिया पाताल चुली सामुदायिक वनबाट नियन्त्रणमा लिइएको छ । घर पालुवा जनावरलाई खान पल्केको बाघलाई निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतको टोलीले नियन्त्रणमा लिएको सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।

क्यामेरा राखेर नियमित निगरानीमा रहेको उक्त बाघले मानिसलाई आक्रमण गर्न सक्ने भन्दै नियन्त्रणमा लिएको निकुञ्जका सहायक संरक्षण अधिकृत थापाले जनाए ।

नियन्त्रणमा लिएको बाघलाई बबई उपत्याकाको गुठी क्षेत्रको घना जंगलमा छाडिएको छ ।

गत साउनयता ५ वटा समस्याग्रस्त बाघलाई निकुञ्ज प्रशासनले नियंत्रणमा लिइसकेको छ ।

प्रकाशित : असार १२, २०७८ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?