१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बुटवल उपमहानगरको बजेट २ अर्ब ५३ करोड

अमृता अनमोल

बुटवल — कोरोना महामारीको रोकथाम, नियन्त्रण र रोजगारीलाई प्राथमिकता दिँदै बुटवल उपमहानगरपालिकाले आगामी वर्षका लागि २ अर्ब ५३ करोड २ लाख ४५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जुन गत वर्षको बजेटभन्दा ५२ करोड बढी हो । 

बुटवल उपमहानगरको बजेट २ अर्ब ५३ करोड

बजेटमा चालुतर्फ ३९.७७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्च ५९.९८ प्रतिशत छ । जसमा आन्तरिक स्रोतबाट ७१ करोड २५ लाख, राजस्व बाडफँडबाट २५ करोड ५७ लाख ६८ हजार, ऋणबाट ५ करोड बजेट व्यवस्थापन गरिएको छ । बजेटको धेरै रकम स्वास्थ्य क्षेत्र सुधार र पूर्वाधार विकासमा छ ।

उपप्रमुख गुमादेवी आचार्यले महामारी र विपद्‍बाट नागरिकको जीवनरक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने र रोजगारीमा जोड्नेगरी बजेट तयार गरेको बताइन् । ‘स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा लगानी बढाइ कोभिड १९ ले ल्याएको समस्यासँग जुध्नसक्ने सामर्थ्य बढाउने गरी बजेट ल्याएका छौं’ उनले भनिन् ।

गत वर्षभन्दा यसवर्ष शिक्षा, सामाजिक विकास र पूर्वाधारमा धेरै बजेट छ । बजेट कार्यान्वयनका लागि आन्तरिक स्रोत बढाउने र सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी अनुत्पादक क्षेत्रमा खर्च कटौती गरिने उपप्रमुख आचार्यले बताइन् ।

प्रकाशित : असार १०, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?