कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दाङमा असार १५ गतेसम्म निषेधाज्ञा

दुर्गालाल केसी

दाङ — दाङमा असार १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले केही खुकुलो गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

वैशाख १७ देखि सुरू भएको निषेधाज्ञा विभिन्न समय थपिँदै आज मंगलबारसम्म कायम थियो । अबदेखि सरकारी कार्यालय र बैंकहरु दिउँसो १० देखि ३ बजेसम्म र बजार बिहान ६ देखि दिउँसो २ बजेसम्म खुल्न पाउने भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

दाङमा अहिले कोरोनाका सक्रिय बिरामी २५६ जना रहेको र वैशाखयता ७७२० जनामा कोरोना संक्रमण भएको पौडेलले बताए । तीमध्ये ७२६६ जना निको भएको र १९८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : असार ८, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?