कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बुटवलमा असार २० गतेदेखि नयाँ शैक्षिक सत्र

अमृता अनमोल

बुटवल — कोरोना संक्रमण दर कम भएपछि बुटवल उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्र सञ्चालनको तयारी थालेको छ । जसअन्तर्गत असार २० गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन हुनेछन् । त्यसअघि विद्यालयहरुलाई असार १३ गतेसम्म कक्षा १ देखि ९ सम्मका नतिजा प्रकाशन गर्न सूचित गरेको शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।

बुटवलमा असार २० गतेदेखि नयाँ शैक्षिक सत्र

शैक्षिक सत्र २०७८ सालको विद्यार्थी भर्ना, वार्षिक नतिजा प्रकाशन भएलगत्तै असार २० गतेदेखि अनिवार्य रुपमा सबै विद्यालयलाई वैकल्पिक विधिबाट शिक्षण–सिकाइ क्रियाकलाप गर्न विद्यालयहरुलाई निर्देशन दिइएको छ ।

सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक समेत उपलब्ध गराउने छन् । संस्थागत विद्यालयहरुलाई भने पाठ्यपुस्तकहरुको सूची उपलब्ध गराउन उपमहाननगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित : असार ८, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?