अर्घाखाँची र गुल्मी असार १५ गतेसम्म निषेधाज्ञा- लुम्बिनी - कान्तिपुर समाचार

अर्घाखाँची र गुल्मी असार १५ गतेसम्म निषेधाज्ञा

वीरेन्द्र केसी

अर्घाखाँची — पूर्णरुपमा कोरोना संक्रमण नियन्त्रणमा नआएकाले गुल्मी र अर्घाखाँची जिल्ला प्रशासनले असार १५ गतेसम्मलाई निषेधाज्ञालाई निरन्तरता दिएका छन् । आंशिक पसल खोल्ने गरी निषेधाज्ञा थप गरिएको हो ।

अर्घाखाँची जिल्ला प्रशासनले १५ गतेसम्मलाई विभिन्न वस्तु तथा सेवा खरिद तथा बिक्री गर्ने किराना, खाद्य लगायत पसल बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला रहेनछन् । शैक्षिक संघ सस्था, होटल तथा रेष्टुरेन्ट, पार्टी प्यालेस, ब्युटीपार्लर, सैलुन भने बन्द रहने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । मन्दिर, सभा, सम्मेलन लगायतमा भीडभाडजन्य कार्य गर्न रोक लगाइएको छ । अन्य गतिविधिमा पहिलेको निषेधाज्ञालाई निरन्तरता दिएको उनले बताए ।

गुल्मी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले असार १५ गतेसम्म थपिएको निषेधाज्ञामा खाद्यान्न, किराना, अत्यावश्यक उपभोग्य पसल, इलेक्ट्रोनिक, भाँडा पसल बिहान ६ बजेबाट दिउँसो २ बजेसम्मलाई खोल्न दिइने बताइन् । बैंक, वित्तीय संस्थाहरु कार्यालय समयमै खोल्न पाइनेछ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसले खोल्ने होइन, होम डेलिभरीको मात्रै गर्न पाउनेछन् । भीडभाडजन्य काम गर्न सबै रोक लगाइएको शर्माले बताइन् । अन्य गतिविधि पहिलाको जस्तै निरन्तरता दिइएको छ ।

प्रकाशित : असार ७, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्

बाँके र बर्दियामामा थप एक साता निषेधाज्ञा

विगतको तुलनामा केही खुकुलो
मधु शाही, कमल पन्थी

बाँके,बर्दिया — बाँकेमा निषेधाज्ञा थपिएको छ । असार १४ गतेसम्म निषेधाज्ञा थपिएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत् जानकारी गराउँदै विगतको तुलनामा निषेधाज्ञा केही खुकुलो गराइने जनाएको छ । शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल, यात्रुबाहक लगायत सुविधा यथावत रोक लगाइएको छ ।

विवाह ब्रतबन्धमा १५ जना भन्दा बढी सहभागी नहुने गरी सम्पन्न गर्ने, सरकारी कार्यालय सेवा प्रदानमा स्वास्थ्य मापदण्ड अपनाएर गर्ने, अतिआवश्यक भौतिक, कृषि, खाद्यन्न सामाग्री किनमेल गर्नमा रोक लगाइएको छैन ।

प्रशासनले तोकेका पसल, व्यवसाय र उद्योग ९ बजेदेखि ४ बजे सम्म सञ्चालनका लागि अनुमति दिइएको छ । निषेधाज्ञा खुकुलो भएपनि आवश्यक स्वास्थ्य सावधानी अपनाउन अनिवार्य रहेको जिल्ला प्रमुख अधिकारी शिवराम गेलालले बताए ।

यसैबीच, बर्दियाको स्थानीय प्रशासनले असार ७ गते मध्यरातबाट १४ गतेसम्म थप एक साताका लागि निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवधि भर सैलुन, ब्युटी पार्लर, जिम, साप्ताहिक हाट बजार लगायत सार्वजनिक यातायात सञ्चालनमा भने रोक लगाएको छ ।

बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म खाद्यान्न, फलफूल र दैनिक उपभोग्यका सामान लगायत अत्यावश्यक पसल सञ्चालनको अनुमति दिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

यसअघि बिहान ७ बजेदेखि २ बजेसम्म पसल सञ्चालन भइरहेको थियो । कोरोना संक्रमण अहिले पनि ५ सय बढी विभिन्न अस्पताल र आइसोलेसनमा भएकोले निषेधाज्ञा थपेको प्रजिअ सुनारले जनाए । संक्रमण अझै कायम रहेकोले स्वास्थ्य मापदण्ड अपनाएर पसल, उद्योग सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

पहिलो पटक कोरोना संक्रमण २ सय ८५ पुग्दा वैशाख १३ गतेबाट निषेधाज्ञा जारी भएको थियो । हाल संक्रिय कोरोना संक्रमित संख्या थप ५ सय ७५ रहेको छ । सोमबार थप २ सहित कोरोना संक्रमणबाट १ सय २७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ७, २०७८ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×