१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दिदीबहिनीमाथि बलात्कार

दुर्गालाल केसी

दाङ — लमहीमा आइतबार राति दुई जनामाथि सामूहिक बलात्कार भएको छ । हतियारधारी समूहले टिपर चालकलाई कुटपिट गरी उनकी पत्नी र दिदी सासूलाई बलात्कार गरेको हो ।

लमही नगरपालिका–७ कमानपुरस्थित जंगलको बाटोमा टिप्पर रोकी चालकलाई रूखमा बाँधेर श्रीमतीका दिदीबहिनीमाथि जबर्जस्ती करणी भएको वडा प्रहरी कार्यालय, लमहीले जनाएको छ ।

हतियारसहित आएका तीन युवकले ४५ हजार रुपैयाँ र कानमा लगाएका गरगहना पनि लुटेको पीडित पक्षलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा वडा प्रहरी कार्यालय लमहीले एक युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीप्रमुख एसपी गणेश चन्दले बताए ।

प्रकाशित : असार ७, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?