तिनाउ खोलामा एक पुरुषको शव भेटियो

माधव अर्याल

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–२, दोभान पावरहाउस नजिकै तिनाउ खोलामा शुक्रबार एक पुरुष व्यक्तिको शव फेला परेको छ ।

नाम, ठेगाना खुलेको अन्दाजी ३० वर्षको जस्तो देखिने शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

खोलाले बगाएर ल्याएको हुन सक्ने प्रहरीले जनाएको छ । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा घटनाको थप अनुसन्धानका लागि घटनास्थल गइसकेको छ ।

प्रकाशित : असार ४, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?