१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

प्युठान — अविरल वर्षासँगै आएको बाढीले झिमरुक नदीमा निर्माणाधीन पुल भत्काएको छ । प्युठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शीतगंगा नगरपालिका ७ चिउरेखोला जोड्ने गरी बनाउन लागिएको पक्की पुल भत्किएको हो । 

बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

चार दिनअघि ढलान भएको पुल बगाएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए । ‘बाढीले टेका बगाएपछि पुल भत्किएको हो,’ उनले भने, ‘७० मिटर लम्बाइको पुलको ३५ मिटर स्ल्याब भाँचिएको छ ।’

७ करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता भएको पुल भदौमा सञ्चालनमा ल्याउने तयारी थियो । संघीय सरकारबाट विनियोजित रकमबाट डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर अरुण केसीले जानकारी दिए । आर्थिक वर्ष २०७४/०७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि असार २८ गते सकिँदै छ ।


प्रकाशित : असार ३, २०७८ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?