कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

माधव अर्याल

पाल्पा — पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै सुरु हुन सकेको छैन । पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकमा खसेको पहिरो नहटाउँदा पूर्वबाट सदरमुकाम आवातजावत तीन दिनदेखि अवरुद्ध भएको छ ।

पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको गौडेपुल नजिकै अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि मालवाहक ट्रक, दाङ, बाँके बर्दियाका मजदुर घर लिएर हिँडेका सवारी साधन बीचबाटोमा भोकभोकै बस्नु परेको छ । डाइभर्सनको काम सकिनै लाग्दा पुन: पहिरो खसेको र वर्षा नरोकिएकाले राजमार्ग खुलाउन नसकिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।

पाल्पाकै रामपुर जाने ६५ किलोमिटर सडकको दर्जन बढी स्थानमा पहिरो खसेको छ भने कालीगण्डकी करिडोरको भोंवरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षासँगै कालीगण्डकी नदीमा बहाव बढेपछि धार्मिक तथा पर्यटकीय क्षेत्र रूरू क्षेत्र रिडी पनि जलमग्न भएको छ ।

रूरू क्षेत्रबाट ६ घरपरिवार विस्थापित भएका छन् । यस्तै पर्यटकीय क्षेत्र रानीमहल क्षेत्र पनि डुबानमा परेको छ । यहाँका चार रिसोर्ट र होटेल विस्थापित भएका छन् । यस्तै पाल्पाको अन्नभण्डार माडी फाँट डुबानमा परेको छ । २ हजार रोपनीभन्दा बढी खेतमा बाढी पसेको छ ।

प्रकाशित : असार ३, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?