२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

हात्ती आक्रमणबाट एकको मृत्यु

कमल पन्थी

बर्दिया — बुधबार बेलुकी बासगढी नगरपालिका—८ स्थित नव प्रभात सामुदायिक वनमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

निहुरो टिप्न जंगल गएका बेला स्थानीय ७८ वर्षीय नारेश्वर सापकोटालाई बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले लखटेर मारेको प्रहरी उपरीक्षक इश्वर कार्कीले बताए । उनीसँगै निहुरो टिप्‍न गएका एकजना भागेर ज्यान बचाएका छन् ।

हात्तीले सापकोटालाई करिब १५/२० मिटर दूरीसम्म लखटेको एसपी कार्कीले । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब ३० किमी पूर्व उत्तरमा पर्द छ । गत साउन यता बर्दिया निकुञ्जबाट निस्केका हात्तीले ४ जनाको ज्यान लिइसकेको छ ।


प्रकाशित : असार २, २०७८ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?