कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्युठानमा खोलाले बगाउँदा एक जना बेपत्ता

प्युठान — अविरल वर्षासँगै आएको बाढीले बगाउँदा प्युठानमा एक जना बेपत्ता भएका छन् । प्युठानको मल्लरानी गाउँपालिका–३ धरमपानी, बर्बोटका अन्दाजी ४५ वर्षीय हिराबहादुर नेपाली बेपत्ता भएको चुजाठाटी प्रहरी चौकीका इन्चार्ज रामबहादुर रानाले जानकारी दिए ।

मंगलबार साँझ मल्लरानी ३ नर्सरीबाट घर फर्कने क्रममा नेपालीलाई खोलाले बगाएको थियो । प्रहरी र स्थानीयको सक्रियतामा खोजी गर्दा पनि बुधबार बिहानसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?