कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु 

माधव अर्याल

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।  भैरवस्थानको मन्छि गाउँ बस्ने महेन्द्र भट्टराई क्षेत्रीको घरमाथिबाट पहिरो खस्दा उनको १९ वर्षीय छोरा मदनको मृत्यु भएको हो । 

पहिरोले पुरिएका मदनलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वालीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घरमाथिबाट खसेको पहिरोले घरलाई पूर्ण क्षति पुगेको छ । घरमा आमा छोरा बस्दै आएकामा आमा बाहिर रहेकाले उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, डुम्रे खोलाको छेउका तीन घर कटानबाट उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । डुम्रे बजार नजिकै खेतमा बाढी पसेको छ भने केही घरहरु जोखिममा रहेको हो । उता, अविरल वर्षाले माडी फाँट पनि डुबानमा परेको छ । ५ सय रोपनी क्षेत्रफलमा बाढीले डुबानमा परेको स्थानीयले जानकारी दिए ।

प्रकाशित : असार १, २०७८ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?