दाङमा असार ८ गतेसम्म निषेधाज्ञा- लुम्बिनी - कान्तिपुर समाचार

दाङमा असार ८ गतेसम्म निषेधाज्ञा

दुर्गालाल केसी

दाङ — दाङमा निषेधाज्ञा एक सातालाई थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार घोराहीमा बसेको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ८ गतेसम्म थप्ने निर्णय गरेको हो ।

बैठकले व्यवसाय बिहान ६ बजेदेखि १० बजेसम्म खोल्ने, सरकारी कार्यालय १० बजेदेखि १ बजेसम्म आंशिक रुपमा खोल्ने निर्णय गरेको छ ।

त्यस्तै, होटेल व्यवसायीले प्याकिङ गरेर खाना, नास्ता बिक्री वितरण गर्ने पाइने पनि निर्णय गरिएको छ ।

बैंक तथा बित्तीय संस्थालाई दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथावत् राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

प्रकाशित : असार १, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्

महेन्द्र राजमार्ग अवरुद्ध 

कान्तिपुर संवाददाता

पूर्वीनवलपरासी — लगातारको वर्षात्‌को पहिरोले सडक भासिँदा महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने र थुम्सीमा यातायात अवरुद्ध भएको छ । 

जिल्ला प्रहरीका प्रवक्ता दिलीप गिरीका अनुसार दाउन्नेको ध्यूखोला नजिकमा सडक भासिएका कारण ४ घण्टादेखि महेन्द्र राजमार्ग अवरुद्ध भएको हो ।

सडक भासिएको र पहिरो खसिरहेका कारण दाउन्नेमा जाँदा जेखिम हुने भएकाले पूर्व पश्चिम हिँडेका गाडी दुम्किबास र बर्दघाटमा प्रहरीले रोकेको छ ।

कावासोती गैंडाकोट खण्डको थुम्सीमा महेन्द्र राजमार्ग फराकिलो पार्नेक्रममा बनाइएको डाइभर्सन बगाउने खतरा भएकाले प्रहरीले गाडी गैंडाकोट र भेँडाबारीमा पूर्व पश्चिम हिँडेका गाडी रोकेको छ ।

प्रवक्ता गिरीले पहिरो र डाइभर्सनको जोखिमका कारण महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका गाडी हरेक प्रहरी चौकी अगाडि रोकिएको जानकारी दिए ।

प्रकाशित : असार १, २०७८ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×