गुल्मी र अर्घाखाँचीमा असार ७ सम्म निषेधाज्ञा

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मी र अर्घाखाँचीमा असार ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासनले केही खुकुलो पारी निषेधाज्ञा जारी राखेको हो ।

अर्घाखाँची प्रशासनले सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी किराना, खाद्यान्न, हाड्वेयरसहित खरिद तथा बिक्री गर्ने पसलहरु बिहान ५ बजेदखि दिउँसो १ बजेसम्म मात्रै खुला रहने अर्घाखाँची प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

तर शिक्षण संस्था, पार्टी प्यालेस, होटल तथा रेष्टुरेष्ट, ब्युटी पार्लर, विभिन्न तालिम, सभा–सम्मेलन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम सबै बन्द रहनेछन् । अत्यावश्यक बाहेक अरु सबै बन्द नै रहने उनले बताए ।

जिल्लामा कोरोना संक्रमणबाट मृत्युदर घटेको छ । संक्रमण दर भने घटेको छैन । पहिलाजस्तो एन्टिजेन, पीसीआर परीक्षण नभएकाले कोरोना संक्रमणको अवस्था कस्तो छ भनेर बुझ्न नसकिएको पौडेलले बताए । पहिला जस्तो स्थानीय तहले परीक्षणको दायरा नबढाएको उनले बताए ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ देखि ११ बजेसम्म खुला गरिने बताए । गाडी मर्मत गर्ने वर्कसप बिहानदेखि बेलुका ७ बजेसम्म खुला रहेनछन् । खाद्यान्न, किराना र पुस्तक तथा स्टेशनरी पसल बिहान ७ देखि ११ बजेसम्म खुला गरिएको भण्डारीले बताए । होटल, रेष्टुरेन्ट, ब्युटी पार्लर बन्द रहनेछन् । अत्यवाश्यक बाहेक अरु सबै पहिला जस्तै बन्द रहने उनले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?