२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पुथाउत्तरगंगामा बल्ल उपकरण पुग्दै

रुकुम पूर्व — जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाले ३० बेडको आइसोलेसन सेन्टर बनाएको छ । १५ बेड अक्सिजनसहितका र १५ बेड नर्मल आइसोलेसन हुन् । तिनमा अहिले अक्सिजनलगायत स्वास्थ्य उपकरण पुर्‍याइएको हो ।

पुथाउत्तरगंगामा बल्ल उपकरण पुग्दै

संक्रमितलाई आवश्यक पर्दा प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा बेड राखिएको गाउँपालिकाले जनाएको छ । सिस्ने गाउँपालिकाले २२ बेडको आइसोलेसन बनाएको छ । ५५ वटा अक्सिजन सिलिन्डर र २ वटा अक्सिजन कन्सन्ट्रेटर तयार छन् । आइसोलेसनमा बिरामीको उपचार भइरहेको छ । सुरुदेखि नै जिल्ला अस्पतालले संक्रमितको उपचार गरिरहेको छ । पछिल्लो समय अस्पतालमा ८ जनाको उपचार भइरहेको छ । अस्पतालमा साना १३ र ठूला २३ वटा अक्सिजन सिलिन्डर छन् ।

५ लिटर र १० लिटरका ६ वटा कन्सन्ट्रेटर जिल्ला अस्पतालमा छन् । पुथाउत्तरगंगाका दुईवटै आइसोलेसनमा बिरामी छैनन् । भूमेमा एक जना बिरामी छन् । सिस्नेमा आठ र जिल्ला अस्पतालमा पाँच जना बिरामी भर्ना भएर उपचाररत छन् । जिल्लाभरि १४ जना उपचाररत छन् । ‘पहिला तयारी नगर्दा सुरुमा समस्या भयो, अब भने तत्काललाई पुग्नेजस्तो गरी व्यवस्थापन भएको देखिन्छ,’ जिल्ला अस्पतालका सूचना अधिकारी डिल्लीबहादुर केसीले भने, ‘पहिला पनि सकी नसकी व्यवस्थापन भएको थियो । अब झन् सजिलै पुग्ने गरी स्वास्थ्य उपकरण आएका छन् ।’

प्रकाशित : जेष्ठ २६, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?