२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पाल्पामा ४ हजारलाई खोप लगाइँदै

पाल्पा — सरकारको अभियानअन्तर्गत पाल्पामा मंगलबारदेखि ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लामा यस उमेर समूहका ४ हजार १ सय १० नागरिकले खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । 

पाल्पामा ४ हजारलाई खोप लगाइँदै

यहाँको तानसेन र रामपुर नगरपालिकाका साथै माथागढी गाउँपालिकाले जेठ २७ गतेसम्म तीन दिन खोप लगाउनेछन् । तिनाउ, निस्दी, पूर्वखोला, रम्भा, बगनासकाली, रिब्दीकोट, रैनादेवीछहरा गाउँपालिकाले मंगलबार र बुधबार खोप लगाउनेछन् ।

खोपका लागि १० स्थानीय तहले तथ्यांक संकलन गरी स्वास्थ्य कार्यालयमा पठाएका छन् । यसअघि भने स्वास्थ्य मन्त्रालय र जिल्लास्थित स्वास्थ्य कार्यालयले ६० देखि ६४ वर्ष उमेर समूहको तथ्यांक संकलन गरेको थियो । जिल्लामा ७० वर्षदेखि माथिकाको पनि छुट्टै तथ्यांक संकलन भएको छ । तर, ५० प्रतिशत मात्र खोप आएकाले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार खोप अपुग हुने भएपछि ६२ देखि ६४ वर्ष उमेर समूहकालाई मात्र लगाउने निर्णय भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले बताए ।

यस्तै, बर्दियामा पूर्वतयारी नहुँदा लक्षित उमेर समूहलाई बिहीबारबाट खोप लगाइने भएको छ । बुधबार मन्त्रालयबाट जानकारी आएपछि तालिका परिवर्तन गरिएको स्वास्थ्य कार्यालयका अधिकारीले बताए । ६२ देखि ६४ वर्ष उमेर समूहका लागि पनि पर्याप्त खोप आएको छैन । जिल्लामा १२ हजार ९ सय ९३ जना उक्त उमेर समूहका नागरिक रहेको अनुमान छ । सरकारले ६ हजार ४ सय ८५ जनाका लागि मात्र खोप उपलब्ध गराएको स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए ।


प्रकाशित : जेष्ठ २६, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?