३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सैनामैनामा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन

सन्जु पौडेल

तिलोत्तमा — उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै रुपन्देहीको सैनामैनामा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाइएको छ ।

सैनामैनामा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन

आइतबार सैनामैना नगरपालिका–४ मुर्गियास्थित पूर्व–पश्चिम सडकखण्डमा नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) सैनामैना नगर समितिले विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधान विरोधी र एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला जलाइएको वाइसीएल सैनामैना नगर समितिका अध्यक्ष गोविन्द खरेलले बताए । पुत्ला दहन गर्नुपूर्व उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित : जेष्ठ २३, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?