रुपन्देहीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

माधव ढुंगाना

भैरहवा — रुपन्देहीमा जिल्लामा आगामी जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसल स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने बाहेक अन्य नियम पूर्ववत राखिएको छ ।

निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्यूत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको हो ।

प्रकाशित : जेष्ठ २०, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?