३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोनाबाट भैरहवामा थप चार जनाको मृत्यु

माधव ढुंगाना

भैरहवा — भैरहवाको भीम अस्पताल र युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना पुरुष र एक महिला छन् ।  

कोरोनाबाट भैरहवामा थप चार जनाको मृत्यु

भीम अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलका अनुसार सिद्धार्थनगर नगरपालिका–६ का ७७ वर्षीय पुरुषको बिहीबार राति १२:४० मा मृत्यु भएको थियो । उनी गत सोमबारदेखि भर्ना भई उपचाररत थिए ।

रूपन्देहीको गैडहवा गाउँपालिका–२ का ५५ वर्षीय अर्का एक संक्रमित पुरुषको पनि राति १२:२५ मा मृत्यु भएको छ । उनी जेठ २ गते अस्पताल भर्ना भएका थिए ।

युुनिभर्सल शिक्षण अस्पतालमा दुवै जना बिरामीको शुक्रबार बिहान मृत्यु भएको हो । नवलपरासीको बर्दघाट नगरपालिका–४ का ६७ वर्षीय एक पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ७० वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालका प्रशासन संयोजक तेज केसीले बताए ।


प्रकाशित : जेष्ठ १४, २०७८ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?