कोहलपुरमा बाबुले गरे छोराको हत्या

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिका– १२ चपरगौडीमा एक जनाले आफ्नै छोरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।

बिहीबार गर्धनमा हसिया प्रहार गरेर ६२ वर्षीय ठाकुरप्रसाद ओलीले १७ वर्षीया छोरा कृष्ण ओलीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले ठाकुरप्रसादलाई नियन्त्रणमा लिएको छ ।

घरायसी विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘छोरा लागूऔषधमा फसेको भन्दै घरमा विवादका भइरहेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका इनसपेक्टर होमप्रसाद चौधरीले भने, ‘त्यही विषयमा विवाद बढ्दै गएपछि हत्या भएको देखिन्छ ।’

प्रकाशित : जेष्ठ १३, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?