भैरहवामा कोरोनाबाट थप पाँचको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवामा कोरोनाबाट थप पाँचको मृत्यु

माधव ढुंगाना

भैरहवा — भैरहवाका दुई अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । भीम अस्पतालमा चार र युनिभर्सल शिक्षण अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो । 

भीम अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलका अनुसार कपिलवस्तुको शिवराज नगरपालिकास्थित समितिचोकका २३ वर्षीय एक युवक, रूपन्देहीको सैनामैना नगरपालिका–२ का ७० वर्षीय, सैनामैना–१ का ४६ वर्षीय, सिद्धार्थनगर–१ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कपिलवस्तुका २३ वर्षीय ती युवकलाई गत वैशाख ३१ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको उनले बताए ।युनिभर्सल शिक्षण अस्पतालका प्रशासन संयोजक तेज केसीले सिद्धार्थनगर नपा–३ का ७४ वर्षीय एक पुरुषको मृत्यु भएको बताए ।


प्रकाशित : जेष्ठ १३, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

भैरहवामा थप ७ जनाको कोरोनाबाट मृत्यु

माधव ढुंगाना

भैरहवा — कोरोना संक्रमणबाट भैरहवास्थित भीम अस्पताल र युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेका थप ७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना महिला र ४ जना पुरुष छन् ।

भीम अस्पतालमा उपचार गराइरहेका पाल्पाका ३८ वर्षीय पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का ५२ वर्षीय पुरुष, रुपन्देहीको कञ्चन गाउँपालिका–४ की ६५ वर्षीया महिला र रुपन्देहीको मर्चवारी गाउँपालिका–६ की ५० वर्षीया महिलाको मृत्यु भएको हो ।

भीम अस्पतालका सूचना अधिकृत डा।नारायण पोखरेलले मृत्यु हुनेको यो संख्या शनिबार रातिदेखि अहिलेसम्मको थप भएको बताए ।

यसैगरि, युनिभर्सल शिक्षण अस्पतालमा पनि शनिबार रातिदेखि अहिलेसम्म रुपन्देहीको ओमसतीया गाउँपालिका–२ की ५० वर्षीया महिला, सिद्धार्थनगर नगरपालिका–८ का ५५ वर्षीय पुरुष र नवलपरासीको बर्दघाट नगरपालिका–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले मृतक तीनै जनाको दुवै फोक्सोमा निमोनियाको संक्रमण रहेको बताए ।

प्रकाशित : जेष्ठ ९, २०७८ १६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×