१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

महामारीका बीच बन्यो सियारीमा स्वाथ्यचौकी

भैरहवा,बुटवल — कोरोना संक्रमीतको उपचार प्रभावीत बनेपछि रुपन्देहीको सियारी गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण गरिएको छ । महामारीकाबीच अर्घाखाँची सिमेन्ट प्रालिले सियारी गाउँपालिका–२ मैनहियामा  स्वास्थ्य चौकी निर्माण गरिदिएको हो । ७० लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकी बुधबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

महामारीका बीच बन्यो सियारीमा स्वाथ्यचौकी

अर्घाखाँची सिमेन्ट उद्योग परिसर नजिकै निर्माण सम्पन्न उक्त स्वास्थ्य चौकीको बुधबार लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकीको निर्माण गरेको हो । उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुलाई चाबी उपलब्ध गराएर स्वास्थ्य चौकीको हस्तान्तरण गरेका थिए ।

उद्योगले सम्झौता भएको १ सय २० दिनमा सरकारी मापदण्ड र नक्साअनुसार स्वास्थ्य चौकी बनाएको हो । उद्योगले स्वास्थ्य चौकीमा तत्काललाई १० शय्या र १० वटा अक्सिजन सिलिन्डरसमेत उपलब्ध गराएको उद्योगका प्रबन्ध निर्देशक अग्रवालले बताए । ‘गाउँपालिकाले आवश्यकता महसुस गरेमा तेस्रो तलासम्मको भवन बनाउन सघाउने छौं,’ उनले भने ।

२ हजार २ सय स्क्वायर फिट क्षेत्रफलमा करिव ७० लाख रुपैयाँको लागतमा निर्माण गरिएको एकतले स्वास्थ्य चौकीमा ६ वटा कोठा, ट्वाइलेट र बाथरुम छन् । स्वास्थ्य मापदण्ड अनुसार भवनमा १५ बेडसम्म राखेर बिरामीको उपचार गर्न मिल्ने गाउँपालिकाले जनाएको छ । त्यसअनुसार बिहीबारबाट १५ शय्याको कोरोना आइसोलेसन सेन्टर बनाउने अध्यक्ष अयोध्याप्रसाद थारुले बताए । ‘यसअघि अमवामा रहेको स्वास्थ्य चौकीमा ११ बेडको अक्सिजनसहितको आइसोलेसन चलाएका छौं । संक्रमीतहरु थपिदै छन्,’ उनले भने ‘बिहीबारदेखि यसलाई पनि आइसोलेसन सेन्टरमा रुपान्तर गर्नेछौं ।’

अर्घाखाँची सिमेन्टले कोरोनाको पहिलो लहरमा लुम्बिनी प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । अहिले विभिन्न क्षेत्रमा २ लाख गोटा के ९५ माक्स लगायत सुरक्षा सामाग्री वितरण गरेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?