कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गोली प्रहारबाट घाइते माओवादी नेताको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — गोली प्रहारबाट गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । पाण्डेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीप्रमुख उपरीक्षक नवराज अधिकारीले बताए ।

पाण्डेलाई थप उपचारका लागि सोमबार साँझ हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार सम्भव नभएपछि कपिलवस्तु प्रशासनको पहलमा गृह मन्त्रालयले हेलिकप्टर पठाएको थियो ।

पाण्डेलाई बुधबार राति ११ बजे कपिलवस्तु नगरपालिका–३ सडवामा गोली प्रहार गरिएको थियो । गोली हान्ने दुई जना पक्राउ परेका छन् । एक जना फरार छन् ।


प्रकाशित : जेष्ठ ११, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?