कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रुपन्देहीका उद्योगी सतिशचन्द्र कसौधनको निधन

अमृता अनमोल

बुटवल — कोरोना संक्रमणका कारण रुपन्देहीका प्रतिष्ठित उद्योगी सतिशचन्द्र कसौधनको निधन भएको छ । २० दिनअघिदेखि सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा उपचाररत उनको सोमबार निधन भएको हो ।

रुपन्देहीका उद्योगी सतिशचन्द्र कसौधनको निधन

कोरोना संक्रमणका कारण अवस्था गम्भीर देखिएपछि उनलाई काठमाडाैं लगिएको नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलमले जानकारी दिए ।

रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका कसौधन नेपालकै पुराना साबुन उद्योगी हुन् । उनले पछिल्लो समय केमिकल र कागज उद्योगसमेत सञ्चालन गरेका थिए ।

कसौधनका एक श्रीमती २ छोरा छन्।

प्रकाशित : जेष्ठ १०, २०७८ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?