प्युठानमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

प्युठान — जिल्लामा बन्दै गरेको घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । शनिबार राति नौबहिनी गाउँपालिका–१ स्याउलीबाङका ४० वर्षीय बोमहादुर, उनकी ३३ वर्षीया श्रीमती गोमी र ३ वर्षीय छोरा शिशिर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोमबहादुरको घर मर्मतका लागि छानो फालेर टिन लगाउँदै गर्दा गारो भत्केर च्याप्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष सेरबहादुर सेनले बताए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी सुनील मल्लले जानकारी दिए । स्याउलीबाङ सदरमुकाम खलंगाबाट १७ कोस टाढा पर्छ ।


प्रकाशित : जेष्ठ ९, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?