कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गोली हानेको आरोपमा २ पक्राउ

कपिलवस्तु — माओवादी केन्द्र जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार गरेको आरोपमा प्रहरीले शुक्रबार दुई जनालाई सार्वजनिक गरेको छ ।

गोली हानेको आरोपमा २ पक्राउ

कपिलवस्तु–१, आनन्दबागका ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु–२ का ३३ वर्षे साकिर अली पाखियाले पाण्डेलाई दुई राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पाण्डेसँगै उनीहरूले भारत सिद्धार्थनगर जिल्ला तेतरी बजारका इयाज अख्तर मुसलमानलाई पनि गोली प्रहार गरेका थिए ।

दुवै जनाको उपचार भैरहवास्थित मेडिकल कलेजमा भइरहेकामा मुसलमान डिस्चार्ज भइसकेका छन् । पाण्डेको उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?