पश्चिम नवलपरासीमा कोरोनाबाट एकै दिन ६ जनाको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

पश्चिम नवलपरासीमा कोरोनाबाट एकै दिन ६ जनाको मृत्यु

नवीन पौडेल

परासी — कोरोना संक्रमणको कारण पश्चिम नवलपरासीमा बिहीबार एकै दिन ६ जनाको मृत्यु भएको छ । जिल्लाको बर्दघाट नगरपालिकाका २ जना, सुनवल नगरपालिकाका १ जना, पाल्हीनन्दन, सुस्ता र प्रतापपुर गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार बर्दघाट नगरपालिका १६ की ५२ वर्षीया महिलाको बुटवल कोभिड अस्पताल र वडा नम्बर ४ का ६० वर्षीय पुरुषको चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो ।

प्रतापपुर गाउँपालिका ९ का ४५ वर्षीय पुरुषको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी, सुनवल नगरपालिका ७ का ४० वर्षीय पुरुषको चितवन मेडिकल कलेज, सुस्ता गाउँपालिका २ का ६२ वर्षीय पुरुषको सहिद स्मृति अस्पताल बर्दघाट र पाल्हिनन्दन गाउँपालिकाका ४५ वर्षीय पुरुषको भिम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

जिल्लमा अहिलेसम्म १ सय ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको र १ हजार ४ सय २१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोरना फोकल पर्सन देवीप्रसाद पौडेलले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७८ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्

पश्चिम नवलपरासीमा कोरोनाबाट थप ६ जनाको मृत्यु

नवीन पौडेल

परासी — कोरोना संक्रमणको कारण पश्चिम नवलपरासीमा बिहीबार एकै दिनमा ६ जनाको मृत्यु भएको छ । जिल्लाको बर्दघाट नगरपालिकाका २ जना , सुनवल नगरपालिकाका १ जना , पाल्हीनन्दन, सुस्ता र प्रतापपुर गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार बर्दघाट नगरपालिका १६ की ५२ वर्षीया महिलाको बुटवल कोभिड अस्पताल र वडा नम्बर ४ का ६० वर्षीय पुरुषको चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो ।

प्रतापपुर गाउँपालिका ९ का ४५ वर्षीय पुरुषको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी , सुनवल नगरपालिका ७ का ४० वर्षीय पुरुषको चितवन मेडिकल कलेज , सुस्ता गाउँपालिका २ का ६२ वर्षीय पुरुषको शहिद स्मृति अस्पताल बर्दघाट र पाल्हिनन्दन गाउँपालिकाका ४५ वर्षीय पुरुषको भिम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

जिल्लमा अहिलेसम्म १ सय ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको र १ हजार ४ सय २१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोरना फोकल पर्सन देवीप्रसाद पौडेलले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७८ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×