कोरोनाबाट बाँके र रूपन्देहीमा गरी थप १७ जनाको मृत्यु

नेपालगन्ज/तिलोत्तमा — बाँकेमा मंगलबार बेलुकीदेखि बुधबार बिहानसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार मंगलबार राति साढे ८ बजेदेखि बिहान साढे ६ बजेसम्म १५ जनाको मृत्यु भएको हो । जसमा बाँकेका सात जना र बाहिरी जिल्लाका आठ जना छन् ।

कोरोनाबाट बाँके र रूपन्देहीमा गरी थप १७ जनाको मृत्यु

सात जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र आठ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । कोहलपुरमा बेलुकी साढे ८ बजे रुकुम पश्चिमको सानोभेरी नगरपालिका–११ का ३६ वर्षीय पुरुष मृत्यु भएको छ । जेठ २ गते पीसीआर परीक्षण गरिएका उनलाई गरिएका ३ गते भर्ना गरिएको थियो ।

त्यस्तै कोहलपुर नगरपालिका–१२ का ४१ वर्षीय पुरुषको राति ८ बजेर ३५ मिनेटमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।

बर्दिया बढैयाताल गाउँपालिका–२ का ८४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–६ का ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा बेलुकी ९ बजे मृत्यु भएको छ । जेठ २ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

राप्तीसोनारी गाउँपालिका–२ की ५९ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राति ११:३० बजे मृत्यु भएको छ ।

भेरीमै कैलालीको टीकापुर नगरपालिका–११ की ५८ वर्षीया महिलाको राति २ बजे मृत्यु भएको छ । जेठ १ गते पीसीआर परीक्षण गरिएकी उनलाई ३ गते भर्ना गरिएको थियो ।

कोहलपुर नगरपालिका–११ की ५८ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । उनको जेठ ४ गते पीसीआर परीक्षण गरिएको थियो । उनको बिहान ३ बजे मृत्यु भएको अस्तपालले जनाएको छ ।

कोहलपुरमै नेपालगन्ज उपमहानगरपालिका–३ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर परीक्षण गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो । उनको बिहान चार बजे मृत्यु भएको छ ।

रुकुम–पश्चिमको त्रिवेणी गाउँपालिका–१ की २७ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर परीक्षण गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालगन्ज–४ का ६७ वर्षीय पुरुषको भेरीमा बिहान ४ बजे मृत्यु भएको छ । जेठ १ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

कोहलपुर नगरपालिका–४ का ४२ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । वैशाख २२ गते पीसीआर परीक्षण गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो । उनको बिहान सवा ४ बजे मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ६३ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर परीक्षण गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो । उनको बिहान ५ बजे मृत्यु भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ३८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । उनको बिहान सवा ५ बजे मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–२ का ६५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर परीक्षण गरिएका उनलाई जेठ ४ गते भर्ना गरिएको थियो । उनको बिहान साढे ५ बजे मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–५ की ६८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २९ गते भर्ना गरिएकी उनको ३१ गते पीसीआर परीक्षण गरिएको थियो । उनको बिहान ६:३० बजे मृत्यु भएको छ ।

त्यस्तै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचाररत बुटवल–१३ की ८० वर्षीया महिलाको बुधबार बिहान ६ बजेर ५८ मिनेटमा मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ती महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् । त्यस्तै मंगलबार भर्ना भएका ओमसतिया–१ का ४० वर्षीय पुरुषको बिहान साढे ५ बजे मृत्यु भएको गौतमले जानकारी दिए ।


प्रकाशित : जेष्ठ ५, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?