कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कपिलवस्तुमा कोरोना संक्रमणले थप ५ जनाको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा कोरोना भाईरस संक्रमणले मंगलबार थप ५ जनाको मृत्यु भएको छ । 

कपिलवस्तुमा कोरोना संक्रमणले थप ५ जनाको मृत्यु

कपिलवस्तु नगरपालिका ४, पिपरीका ४५ वर्षीय पुरुष र यशोधरा गाउँपालिका ६ का १८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै बुद्धभूमि नगरपालिका–६ का ४२ वर्षीय पुरुष, सोही नगरपालिका- १ का ४१ वर्षीय पुरुष र वडा नं. १० का २७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले जानकारी दिए । ती पाँचै जनाको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । मंगलबार साँझसम्म सक्रिय संक्रमित १ हजार ३ सय १० पुगेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?