१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बुटवलमा थप चार संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप चार संक्रमितको मृत्यु भएको छ । जेठ २ गते अस्पताल भर्ना भएका अर्घाखाँचीको खनदह–३ का ४३ वर्षीय पुरुषको सोमबार राति १२ बजे मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

बुटवलमा थप चार संक्रमितको मृत्यु

त्यस्तै, वैशाख २८ गते भर्ना भएका रुपन्देहीको सियारी गाउँपालिका–३ का २९ वर्षीय पुरुषको सोमबार साँझ ७ बजे, जेठ २ गते भर्ना भएका तिलोत्तमा–२ का ७९ वर्षीय पुरुषको साँझ ५ बजे मृत्यु भएको छ ।

बुटवल–१२ का ४० वर्षीय पुरुषको पनि सोमबार अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको उनले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?