२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पाल्पामा निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बियो

माधव अर्याल

पाल्पा — जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्मका लागि थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिलला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । 

पाल्पामा निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बियो

कोरोना संक्रमित थपिने दर वृद्धि हुँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । अहिलेसम्म संक्रमितको संख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्था बन्द रहने छन् । हिँडडुल नरोकिएर समस्या बढाइरहेकाले सशस्त्र, जनपथ, नेपाली सेनाको सहयोगमा थप निगरानी र नियमनलाई कडाइ गरिएको छ । खाद्य पसल, दूध, तरकारीको पसललाई ७ देखि ९ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ ।

जिल्लामा सोमबार थप २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ सय ९० पीसीआर परीक्षणमा १ सय ४२ जना र १ सय ४६ एन्टिजेन परीक्षणमा ७९ जनामा पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले यो संख्या दोस्रो लहरपछि एकैदिनमा पहिचान भएका सबैभन्दा धेरै संक्रमित भएको बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ५सय ६५ रहेको छ । हालसम्म पाल्पामा ६७ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरपछि मात्रै २९ जनाको मृत्यु भएको छ । जिल्लामा स्थानीय तह र अस्पतालमा गरी कोभिड बिरामीका लागि २ सय १० आइसोलेसन बेड रहेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?