कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मेयरले प्रयोग गर्ने सवारीले कोरोना संक्रमित बोक्दै

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ताले आफूले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन् ।

मेयरले प्रयोग गर्ने सवारीले कोरोना संक्रमित बोक्दै

नगरपालिकामा कोरोना संक्रमणदर बढ्दै गएको र नगरमा भएका एम्बुलेन्सले कोरोना संक्रमित र अन्य बिरामी बोक्नु परेको भन्दै कोरोना संक्रमित र लक्षण भएका मानिसलाई अस्पताल र आइसोलेसनसम्म लैजान आफूले प्रयोग गर्दै आएको लु १ झ ४७३ नम्बरको स्कार्पियो एम्बुलेन्सकोरुपमा प्रयोग गर्न दिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।

जिल्लामा २१ वटा एम्बुलेन्स भएपनि कोरोना संक्रमित बिरामी बोक्न र लक्षण भएका मानिसहरु बोक्न आनाकानी गर्न थालेपछि गुप्ताले आफ्नो सुविधाको सवारीलाई संक्रमण अवधीभरका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्न नगरबासीलाई आग्रह गरेका छन् । मेयर गुप्ताले प्रयोग गर्ने सवारीमा अक्सिजनसहित अन्य स्वास्थ्य सामग्री राखिएको छ ।

रामग्राम नगरपालिकाले दश बेडको अक्सिजन सहितको आइसोलेसन सञ्चालन गरेको छ । नगरपालिकाले कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

प्रकाशित : जेष्ठ १, २०७८ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?